बिनिताले मुसुक्क हासिदिदा घायल बने श्याम, भिडियोमा हेर्नुस्

नेपाली साङितिक आकाशमा दिनै दर्जन बढिको हाराहारीमा नेपाली भिडियो तथा अडियो गीतहरु सार्बजनिक हुने गरेको छ । यस्तै केही दिनअघि अर्थात गत डिसेम्बर १८ का दिन एक म्युजिक भिडियो सार्बजनिक भएको छ । भिमेश टि लामाको आवाजमा ‘मुसुक्क हासिदिदा’ बोलको क्लब डान्स शैलीको भिडियो सार्बजनिक भएको हो ।

सार्बजनिक गीतमा विश्व वल्लभको शब्द र चर्चित गायक तथा संगीतकार सम्भुजित बास्कोटाले संगीत भरेका छन् । गीतलाई रि एरेन्ज भने बिकाश भुजेलले गरेका हुन् । भकारी एमडिसीको स्वामित्वमा रहेको अडियो तथा भिडियोलाई सन्जय पाण्डेले निर्देशन गरेका छन् ।

डिजे डान्स पार्टी भित्रको एक जोडिको रोमान्सलाई पस्किएको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा श्याम पाण्डे र बिनिता ओलिको अभिनय रहेको छ भने उनिहरुलाई बिनोद तामाङले कोरियोग्राफी गरेका छन् । चक्र महर्जन र सत्यन श्रेष्ठको संयुक्त छायांकन रहेको भिडियोलाई नीर तामाङले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया