बाहुबली हिरो प्रभासलाई एकैपटक ६ हजार युवतीबाट आयो विहेको प्रस्ताव

मुम्बई । सिनेमाघरमा प्रदर्शनरत बलिउड फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासलाई ६ हजार युवतीले विहेको प्रस्ताव राखेको खबर बाहिरिएको छ ।

एक अन्तर्वार्ताका क्रममा प्रभासले यो कुराको खुलासा गरेका हुन् । सुन्दर अनुहार, गठिलो शरीर र प्रतिभाका कारण बलिउडका सुपरस्टार तीन खान (शाहरुख, सलमान र आमिर) भन्दा पनि ठूला स्टारमा रुपमा हेरिन थालिएका प्रभासलाई बाहुबली २ को सुटिङका क्रममा ६ हजार युवतीले विहे प्रस्ताव गरेका थिए ।

तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । उनी हाल केवल आफ्नो करियरमा फोकस हुन चाहन्छन् । हालसम्म सिंगल रहेका प्रभासलाई बलिउडमा ‘मोस्ट इलिजेबल ब्याचलर’ समेत मान्न थालिएको छ । दैनिक नेपालकाे सहयाेगमा 

तपाईको प्रतिक्रिया

Loading…