बाहुबलीकाे सफलतापछि ८ सय कराेडकाे लगानिमा अर्काे फिल्म बनाउदै एसएस राजामौली

बाहुबली र बाहुबली २ काे ब्यापक सफलतापछि साउथ इन्डियन फिल्म निर्देशक एसएस राजामाैलीले ८०० (अाठसय) कराेडकाे लगानीमा महाभारत फिल्म बनाउने तयारी थालेका छन । जसकालागि बलिउडका सुपरस्टार रजनी कान्त , माेहनलाल र अमिरखानलार्इ निर्देशक माैलीले चुनिसकेका छन ।

निर्माणकाे तयारीमा रहेकाे महाभारत हिन्दी , तेलगु र तामिलमा रहने भएकाे छ । निर्देशक राजामाैलीले उक्त फिल्म निर्मार्णकालागि रू ८ सय कराेड बजेट बिनियाेजन गरिसकेकाे भारतिय सञ्चारमाध्यमहरूले बताएका छन ।

अामिर खान देखिने भए कृष्णकाे भुमिकामा 

तिनै बलिउड स्टारहरूकाे जाेडदार भुमिका रहने महाभारतमा बलिउड स्टार अमिर खान कृष्णकाे भुमिकामा देखिने भएका छन ।उक्त फिल्म निर्देशक लगायत भारतकाेलागि सबैभन्दा ठुलाे प्राेजेक्ट रहेकाे बताइएकाे छ । याे फिल्म निर्माण हुन कम्तिमा ४ देखि ५ बर्षसम्म लाग्ने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…