बादशाह जुटमा सुशीलले घटाए १२ केजि तौल, सकियो पोखरा छायांकन

ईटहरी/ नायक सुशील श्रेष्ठ अभिनित फिल्म बादशाह जुटको ९० प्रतिशत छायांकन पोखराबाट सम्पन्न भएको छ । होस्टेल रिटर्न्सबाट नेपाली सिने उद्योगमा होमिएका सुशिलले पहिलो फिल्मबाटै राम्रो चर्चा कमाए । उनी बडिबिल्डर अर्थात सिक्सप्याक ह्यान्डसम हिरोको रुपमा आफुला युवापुस्ता माझ चिनाउन सफल भएका थिए । त्यस पश्चात् सायद २, कारखाना, लभ डायरिज हुँदै अहिले बादशाह जुट सम्म आफुलाई फरक रुपमा प्रस्तुत गरिरहेका छन् ।

उनी बादशाह जुटमा बिल्कुलै फरक भुमिकामा प्रस्तुत हुदैछन । सुशिलले यो फिल्ममा ईन्टर्न गर्दैगरेका एक पत्रकारको भुमिकामा आफुलाई प्रस्तुत गरेका छन । उनले फिल्म लभ डायरिज छायांकन सकिएको ३ महिनापछि यो फिल्ममा कम गरेका हुन । सुशिलका अनुसार लभ डायरिजका लागि ९० केजि तौल बनाएका उनले यो फिल्मको लागि ७८ केजि तौल बनाएका छन् । अर्थात १२ केजि तौल बादशाह जुटका लागि घटाएका हुन ।

मुम्बईका निर्देशक जोनि शिहले निर्देशन गरिरहेको यो फिल्मको काठमाडौ र मुम्बई छायांकन बाकी छ । केही दिनमा एक गीतको छायांकन हुने नायक सुशिलले बताए । प्रदर्शन मिति भने तय नभैसकेको बादशाह जुटमा २ जना बादसाह छन, एक सुशील हुन भने अर्को अमीर गौतम । अमीर चपलि हाईट, मिसन पैशा रिलोडेड फिल्म खेलिसकेका छन भने हलिउड फिल्म द मेन फ्रेम काठमाडौका पनि नायक हुन ।

एच एण्ड बी फिल्म्स र गोल्डेन ग्रेप्स फिल्म्स एण्ड इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सुशिल र आमिर गौतम संगै केइसा रावत, रोशी खड्का, रश्मी पाण्डे, रोविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…