बलिउड फिल्म बनाउँदै झापाका किरण

इटहरी । सन्थाली चलचित्र निर्माण गरेर चर्चामा चर्चामा आएका झापाका किरण खतिवडाको भारतमा पनि चर्चा हुनथालेको छ । खतिवडाले आफ्नै इन्सापायर मिडिया प्रोडक्सन हाउस प्रालिद्धारा निर्माण गरेको सन्थाली चलचित्र बनोदल केही महिना अघि भारतको झारखण्डमा भएको फिल्म फेस्टिबलमा विभिन्न विधामा अवार्ड लिन सफल भएको थियो । यसरी चलचित्रले अवार्ड हासिल गरेसँगै निर्देशक तथा अभिनेता खतिवडा भारतमा समेत चर्चामा आउन थालेका हुन।

किरणले हिन्दी चलचित्र तुझसा जमिके कहाँ बलिउडबाट निर्माण गर्न सम्पूर्ण वैधानिक प्रक्रिया पुरा गरेर नेपालकै पहिलो हिन्दी फिल्म निर्माताको नाम नेपाली ईतिहासमा राख्ने तरखरमा रहेकोले पनि उनी अझ वलिउडमा चर्चामा आएका हन् । भारतका विभिन्न राज्य र नेपालका विभिन्न प्रदेशमा छायङ्कन गरिने ठुलो पर्दाको हिन्दी चलचित्र तुसा जमिके कहाँ किरणकै प्रोडक्सन हाउसबाट निर्माण हुन लागेको चलचित्र प्रति निर्माता जिया मरहठा फिल्म सफलहुने प्रति आशावादी रहेको बताउँछिन् ।

फिल्ममा सह निमार्ता हरि थापा, अनुप खड्का र राम आसरा, कार्यकारी निमार्ता अशोककुमार जैवल, पवन शर्मा, मधु सोरेन, लाइन प्रोडुक्सर त्रिविक्रम थापा, सपन बर्मा, एसोशिएट प्रोडुक्सर वेस कार्की तथा पुजन कार्की रहने र कोरियोग्राफि करिस्मा कार्की र अभिनयमा नवकलाकार डिपल र सिसमको अभिनय रहने छ । स्वयम आफैंपनि मुख्यभुमिकामा उत्रर्ने तयारी गरेका किरणले बनाउन लागेको चलचित्र सामाजिक जनचेतनामा आधारित हुने निर्माता जिया मरठाले जानकारी दईन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया