बलिउड नायक बरुण धवनले चुम्बन गर्दा लजाईन नायिका पुजा शर्मा (तस्वीर सहित)

ईटहरी/ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को यतिबेला बेलायतमा धमाधम छायांकन भइरहेको छ। छायांकनका लागि चलचित्र युनिट नै यतिबेला बेलायतमा छन् । यसअघि निर्देशक सुदर्शन थापाले यो चलचित्र बनाउने घोषणा गरेका थिए । चलचित्रको प्राय सबै छायांकन बेलायतमै हुनेछ । चलचित्रमा नायिका पूजा शर्मा अभिनेता द्वय आकाश श्रेष्ठ र सोनम तोप्देन प्रमुख पात्रको रुपमा रहेका छन् ।

यसैक्रममा चलचित्रकी नायिका पूजा शर्माले बेलायतमा बलिउडका चलचित्र नायक बरुण धवनसँग भेटेकी छन् । उनले बरुण धवनसँग भेटेको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । फेसबुकमा सार्वजनिक उक्त दुई तस्विरमा नायिका पूजा शर्मालाई बरुणले अङ्गालो होलेको र चुम्बन गरेको देख्न सकिन्छ । जुन तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…