बलिउड गायिका नेहा कक्कडले गरिन विवाह

बलिउड चर्चित गायिका नेहा कक्कड़ विवाह बन्धनमा बाधिएकी छन् । गायिका नेहाले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । अनेक हल्ला र चर्चाका बीच गायिका नेहा विवाह बन्धनमा बाधिएको भिडियोनै सार्बजनिक भएको छ ।

उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ ।

रोहनप्रित २०१९ मा टिभी शो इण्डियाज राइजिङ स्टारमा प्रतियोगीको रुपमा भाग लिएका थिए । केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै विवाह गर्न लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया