बलिउड अभिनेत्री काजलले गरिन् प्रेमीसंग बिवाह, बेहुली बन्दा यस्ती देखीईन्

एजेन्सी/ अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरिन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।

सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ । उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् ।

शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् । यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया