बलिउडका हाँस्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर

बलिउडका हास्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर भएका छन्। भारतिय संचार माध्यमका अनुसार उनलाई दिल्ली हाई कोर्टले ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको छ। दोषी ठहर हुनेमा उनकी पत्नी र एक कम्पनी समेत रहेको छ । उनीविरुद्ध आगामी २३ अप्रिलमा सजायँको फैसला हुनेछ।

भारतिय संचार माध्यमका अनुसार राजपालले फिल्म ‘अता पता लापता’ नामक फिल्म बनाउन मुरली प्रोजेक्ट्स कम्पनीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। तर उनले समय सीमाभित्र नबुझाएपछि ऋणधनीले उनीविरुद्ध दिल्ली हाई कोर्टमा मुद्दा हालेका थिए।

राजपालले अदालतमा कैयौ पटक ऋण तिर्ने प्रतिबद्धता जनाएपनि पूरा गरेनन्। जसका कारण उनी र उनकी पत्नीलाई अदालतले केही दिनका लागि जेल समेत पठाइसकेको छ। अब आएर मुद्दाको अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो। राजपाल चरम आर्थिक संकटमा परेका कारण ऋण तिर्न सक्ने अबस्थामा नरहेको बताइएको छ ।जसका कारण उनी जेल जाने सम्भावना बढी रहेको छ । एजेन्सी

PURBELI TV

<

तपाईको प्रतिक्रिया