बलिउडका चर्चित गायक तथा होस्ट आदित्य नारायण विवाह बन्धनमा (फोटो सहित)

ईटहरी/ गायक तथा होस्ट आदित्य नारायण झा मंगलबार आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका छन् । दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरूले भारतको मुम्बई जुहूस्थित मंदिरमा बिहे गरेका छन् ।

आदित्यका बुबा उदित नारायणले एहमदाबाद मिररलाई दिएको जानकारी अनुसार, कोरोना फैलिने जोखिमका कारण वैवाहिक कार्यक्रममा करिब ५० जना उपस्थित भएकाे बताएका छन् ।

श्वेता र आदित्यले लामो समयकाे प्रेम सम्बन्धपछि बिहे गरेका हुन् । मोडल तथा अभिनेत्री श्वेताले उनले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट डेब्यू गरेकी हुन् । हेर्नुस् उनीहरूको विवाहका केही तस्बिर:

तपाईको प्रतिक्रिया