बर्षाको ‘रानिमहल’मा ह्यान्डसम भिलेन प्रशान्त

काठमाडौँ/ बिहिबार एक कार्यक्रमका बीच फिल्म रानीमहलको औपचारिक घोषणा गरिएको छ । त्रीकोणात्मक प्रेम कथामा बन्ने फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिनेछ । फिल्मबाट तिन नया अनुहार आशिश अधिकारी, साहिल श्रेष्ठ र मानस्वी खरेलले डेब्यु गरेका हुन् । नायक द्वय प्रदीप खड्का र पल शाहले काम गर्न अस्वीकार गरेपछि दुई नयाँ नायकलाई अनुवन्धित गरेको हो ।

हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्मको माघ तेस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्ममा वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने छ ।

बुटबल, भैरहवा, चितवन, स्याङ्जा,पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ हुने फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हरकुलिश बस्नेतको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र रामजी लामिछानेको नृत्य हुनेछ । फिल्मका निर्माता बिमल भुसाल हुन् ।

तपाईको प्रतिक्रिया

Loading…