बन्द रहेका चलचित्र हल खुलाउन सरकारसँग चलचित्र संघको माग

बेलबारी / नेपाल चलचित्र संघ पुर्बाञ्चल शाखा र पुर्बाञ्चलका हल सञ्चालकहरुको शनिबार सम्पन्न संयुत्त बैठकले हाल बन्द अबस्थामा रहेका हलहरु १५ दिनभित्र खुलाउन पहल गर्ने निर्णय गरेको छ ।

संघका सभापति चैतन्य बरालको अध्यक्षतामा बसेको बैठकले सरकारले हल सञ्चालन गर्ने अनुमति नदिए हल खुलाउन काठमाण्डौमै गएर आन्दोलन गर्ने समेत निर्णय गरेको छ । अब उप्रान्त हल सञ्चालन भएको २ बर्षसम्म सरकारले कुनै कर लिन नहुने र सबै सेवा शुल्क लिन बन्द गर्नुपर्ने समेत संघको माग रहेको छ ।

चलचित्रहरुको रिलिज मिति तय गर्न र चलचित्र क्षेत्रका सरोकारवालाहरु सँग छलफल र बार्ता गरि हल सञ्चालनमा ल्याउन समेत संघले माग गरेको संघका निर्बतमान सभापति तथा शारदा सिनेमा हल बेलबारीका सञ्चालक बिकास कोईरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया