बढ्यो विनोद खम्बुको व्यस्तता

हर समय संगीतमै तल्लिन छन् अनि एकताका फुर्सदिला र चिया पसलमा घन्टांैंसम्म गफिने गायक÷संगीतकार विनोद खम्बुको व्यस्तता एक्कासि बढेको छ ।
प्रायः पूर्वको सांगीतिक कार्यक्रम र विदेशको यात्रा गरिरहेका खम्बुको धमकेदार सांगीतिक प्रस्तुति दिइरहेका छन् भने एकातर्फ रेकडिङ स्टुडियोमा गीत संगीतको काममा त्यतिकै व्यस्त छन् । अनि संगीत सृजनामा गितारसँगको सामिप्यता अहिले झनै बढेको छ खम्बुको ।


अहिले सांगीतिक कार्यक्रममा उनले ‘बशमा छैन यो मन’ चलचित्रको ‘तिमी ज्यान माग…ज्यान माग ज्यान दिन्छु’ बोलको गीत प्रस्तुत गर्दा दर्शकको वाहवाही पाउने गरेका छन् । यो गीत उनले संगीत भरेको पहिलो चलचित्रको गीत हो । उनले भने–‘जीवनमै मैले पहिलो पटक संगीत गरेको यो गीत मेरो लागि टर्निङ प्वाइन्ट बनेको छ ।’ यस्तै खम्बुको ‘झन झन खायो ..तीन पाने रक्सी हो…’, ‘मोरङ जिल्ला…’, ‘झझल्को आइरहन्छ…’, ‘पहिलो माया…’, ‘मन…’ ‘धेरै साथी…’ लगायतको गीतहरु चर्चित छन् ।


सांगीतिक कार्यक्रमको अलवा उनी नव आगन्तुक गायक÷गायिकाहरुलाई पनि आफ्नो संगीत सृजना दिई उनीहरुलाई अघि बढाइरहेका छन् । सांगीतिक क्षेत्रमा पाइला चाल्नेहरुलाई आफूले जानेका र बुझेका कुराहरु ‘सेयर’ गरी निरन्तर अघि बढाइरहेका छन् । यसैगरी खम्बु केही नेपाली चलचित्रको गीतहरु पनि कम्पोज गरिरहेका छन् यसले पनि सांगीतिक क्षेत्रमा उनको क्रेज प्रमाणित गर्छ ।

तपाईको प्रतिक्रिया

×