बच्चा बेलामै यौन दुर्ब्यवहारमा परेकी थिइन् सोनम

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले आफू बच्चै बेलामा यौन दुर्ब्यवहारमा परेको खुलासा गरेकी छिन् । एक टक शोमा बोल्दै सोनमले आफू बच्चा हुँदा नै यौन दुर्ब्यवहारमा परेको खुलासा गरेकी हुन् ।सोनम कपुरले बलिउडका अन्य अभिनेत्रीहरु समेत उपस्थित भएको समयमा यस्तो खुलासा गरेकी हुन् ।

‘म सानै हुँदा यौन दुर्ब्यवहार भएपछि मलाई मानसिक आघात पुगेको थियो”, कार्यक्रममा सोनमले भनिन् । कार्यक्रममा अनुष्का शर्मा, आलिया भट्ट, विद्या बालन र राधिका आप्टे समेत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

Loading…