फेरि शोकमा बलिउड, चर्चित २ कलाकार समीर र अनुपमाले त्यागे प्राण

एजेन्सी/ कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डि एको अवस्थामा फेला परेका छन् । हसी तो फसी फिल्मका ४४ वर्षीय एक्टर शर्मालाई टेलिभिजन सो कहानी घर घरकी र वो रहेनी वाली महलोकी मा दर्शकले रुचाएका थिए । किचेनको सिलिङ फ्यानमा उनले झुन्डिएर आ त्म ह त्या गरेको प्रहरीले जनाएको छ । पत्नीसँग छुट्टिएर लामो समयदेखि उनी एक्लै बस्दै आएका थिए ।

प्रहरीले कुनै सुसा इड नोट नभेटिएको जनाएको छ । बिहीवार राति ९ बजे चौकीदारले किचेनमा उनलाई झु न्डिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनले आ त्म ह त्या कहिले गरे यकिन छैन किनभने फ्ल्याट खोल्दा नराम्रो गन्ध आउन थालिसकेको थियो । कम्तिमा पनि दुई दिन अघि नै उनको मृ त्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

‘हाम्रो अनुमानमा दुई दिनअघि नै उनले आ त्म ह त्या गरेका हुन् । उनका बाबुआमा र बहिनी बैङ्गलोरमा छन् । उनीहरुलाई खबर गरिसकेका छौं,’ एक प्रहरी अधिकृतले भने । प्रहरीले उनको स्वास्थ्य अवस्था र आर्थिक कारोवारको अनुसन्धान सुरु गरिसकेको छ । गत वर्षको डिसेम्बरबाट उनी उक्त फ्ल्याटमा सरेका हुन् ।

भोजपुरी अभिनेत्री अनुपमा पाठकले पनि त्यागिन् प्राण

भोजपुरी अभिनेत्री अनुपमा पाठकले पनि दहिसर स्थित आफ्नो घरमा आ त्म ह त्या गरेकी छन् । ४० वर्षीय अभिनेत्रीले अगस्ट २ मा प्रा ण त्या ग गरेकी हुन् । आफ्नो मृ त्युको एक दिन अगाडी उनी फेसबुक लाइभ आएकी थिइन् । उनले लाईभमा आफूलाइ धो का भएको र आजबाट कसैलाई विश्ववास नगर्ने बताएकी थिइन् ।

उनले लाइमा भनेकी थिइन्-कसैलाई हामाीले आफ्नो सम्झेर विश्वास गछौँ तर उनीहरुले नै हामीलाई विश्वासघात गर्छन । कसैलाई पनि हामीले आफ्नो समस्या भन्नु भनेको आफ्नो स्थानबाट तल झर्नु हो । ’

भारतीय मिडियाले बताए अनुसार घटना स्थलमा एक सु सा इड नोट पाइएको थियो जसमा अभिनेत्रीले मलाडको विजडम निर्माण कम्पनीमा १० हजार खर्च गरेकी थिइन् । उनले त्यो पैसा सन् २०१९ डिसेम्बरमा फिर्ता आउनु थियो तर त्यो पैसा अझै फिर्ता आएको थिएन् । जसको कारण उनले आ त्म ह त्या गरिन् ।

तपाईको प्रतिक्रिया