फेरि निशानामा परे भिटेन, अनुसन्धानको लागि प्रहरीले खोजी गर्दै

काठमान्डाैं / नेपाल प्रहरीको मुख्यालयले र्यापर समीर घिसिङ (भिटेन) ले ल्याएको नयाँ गीतमा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको छ । भिटेनले ल्याएको नयाँ गीत ‘पारा’ मा प्रयोग गरेका शब्दबारे गुनासो आएपछि अनुसन्धानको लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

अक्टोबर २४ मा सार्वजनिक गरिएको गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो । उक्त गीत युट्युवमा ५ दिनमा १० लाख भन्दा बढीले हेरिसकेका छन् । भिडियोमा युवतिहरुलाई ‘माल’ लगायतका अ श्ली ल शब्दहरु प्रयोग गरिएका छन् ।

गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दबारे अनुसन्धान गर्दा आवश्यक परे पक्राउसमेत गर्न सकिने प्रवक्ता कडायले बताए । ‘गीतमा सामाजिक मर्यादा विपरितका शब्द प्रयोग भएका छन्’, उनले भने, ‘त्यसबारे उचित कदम दिन साइवर ब्यूरोलाई निर्देशन दिइएको छ ।’ गत वर्ष उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ गीतको विषयमा पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया