‘फुलबुट्टे सारी’को लेजेन्डरी भर्जनमा मदनकृष्णको स्वर (भिडियाे सहित)

काठमान्डाैं / मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीत गाएका छन् । उनको स्वरमा तयार भएको गीत मङ्गलवार देवी थान युट्युबमार्फत सार्वजनिक गरिएको छ । मङ्गलवार बिहान सार्वजनिक भएको भिडियोमा मदनकृष्णको स्वरसँगै अभिनय पनि हेर्न पाइने भएको छ ।

लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी बनेकी छन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ ।

यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए । मदनकृष्ण कुशल अभिनेता मात्र नभई राम्रा गायक पनि हुन् ।

तपाईको प्रतिक्रिया