फुलन्देकी आमाको दोस्रो रुप

इटहरी / “फुलन्देको आमा” भनेर कमेडी गर्ने व्यक्तिलाई नचिन्ने सायदै कमै होलान । उनको वास्तविक नाम उमेश राइ भएतापनि उनलाई फुलान्देकी आमा भनेर नै चिन्ने गरिन्छ, कतिले त उनलाई रियल आमा भनेर पनि चिन्ने गरेको पाईन्छ । “फुलन्देको आमा” उपनामले चर्चित कलाकार उमेश आज हरेक दर्शकको मन मुटुमा बस्न सफल बनेका छन् । “फुलन्देको आमा” एकाएक चर्चामा आएपछि विभिन्न कमेडी शोहरुमा सहभागी हुदै आएका थिए।


त्यसो त् अहिले उनि हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम “डान्सिङ्ग विथ द स्टार नेपाल”को टप ७ सम्म आइसकेका छन् । “मुन्द्रेको कमेडी कल्ब”मा कमेडी गरेर दर्शकहरुको मन जितिरहेका उनि अहिले “डान्सिङ्ग विथ द स्टार नेपाल”मा आएर पनि उतिकै दर्शकहरुको मन जितिरहेका छन्। रियलमा पुरुष भएर पनि महिलाको भेषमा प्रत्येक एपिसोडहरुमा नया नया डान्स गरेर दर्शकस्रोतको मन मुटुमा बस्न सफल फुलन्देको आमा अर्थात् उनको टिम आमोद जोडीको डान्स शुक्रबार बेलुका राति ८ बजे हिमालय टेलिभिजनमा हेर्न सकिने छ।

गएका यपिसोडहरुमा गूनिउ चोलीमा सजिएर डान्स गर्दै आएका उनि आजको एपिसोडमा भने मोड्रन ड्रेसमा आफ्नो डान्स पर्फमेन्स गर्ने उनले सामाजिक संजालमा राखेको फोटो हेरेर सजिलै अनुमान गर्न सकिन्छ। भने आमोद टिमलाई अझ आगाडी लैजानको लागि भोट गर्नु पर्ने हुन्छ त्यसको लागि प्ले स्टोरबाट आइ एम इ पे डाउनलोड गरेर ०४ मा भोट गर्न सकिने छ। यदि भोट कम भएको खण्डमा भने “डान्सिङ्ग विथ द स्टार नेपाल”को मंच छाडेर जानु पर्ने हुन्छ त्यसैले आमोद जोडीलाई अझै अगाडीसम्म लैजानको लागि सक्दो भोट गर्नुहोला ।

तपाईको प्रतिक्रिया