फिल्म प्राेमाेसमकालागि हुरैकाे टिम पूर्व दाैडहामा

धरान / हास्य व्यंग्यमा आधारित चलचित्र हुर्रे फागुन २५ गतेदेखि देशभर रिजिल हुदैछ ।रिजिल गर्ने तयारीमा रहेको सो चलचित्रका प्रमोसनका लागि चलचित्रका सम्पूर्ण युनिट नै अहिले पूर्व दौडाहामा छन् । केही समय अगाडि पश्चिम पोखरा, बुटवलमा पत्रकार सम्मेलन गरिसकेको यो टिमले आज भने धरानमा चलचित्रका विषयमा जानकारी दिदै पत्रकार सम्मेलन गरेको हो ।

हिन्दु धर्मालम्बीहरुको पवित्र स्थल पशुपति नाथ क्षेत्र वरिपरि छायांकन गरिएको सो चलचित्र सो क्षेत्रमा रहेको त्यहाको वस्तुस्थितिलाई समेटे चलचित्र बनाइएको निर्माता सोमन लामाले बताउनुभयो । परिवारसग बसेर हेर्न मिल्ने सो चलित्र करिब दुई घण्टाको रहेको निर्माता लामाले बताउनुभयो ।

विशेष गरी पशुपति क्षेत्रमा फूल बेच्ने युवतीको कथालाई समेटेर बनाइएको सो चलचित्रमा नेपालकी चर्चित अभिनेत्री केकी अधिकारीले फूल व्यापारीको भूमिका निर्वाह गरेकी छन् यो चलिचित्रमा नव नायिका संगीता नापीले भने चिया पसलेको भूमिका निर्वाह गरेकी छन् ।

पूर्ण रुपमा पारिवारिक चलचित्र रहेको चलचित्रमा अभिनय गर्नुभएका नेपालका चर्चित हास्यकलाकार राजाराम पौडेले बताउनुभयो ।

१ करोड भन्दा बढी लागत लागेको सो चलचित्र छायांकन गर्न २८ दिन लागेको निर्माताले बताएका छन् । याम थापाको निर्माण तथा निर्देशन रहेको सो चलचित्रमा नायकको भूमिकामा अरुण विक्रम साही रहेका छन् भने अन्य कलाकारमा हास्यकलाकार राजाराम पौडेल, सुमन श्रेष्ठ, अंकित खड्का लगायतको अभियनय रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…