फिल्म ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष ‘ रिलिज

शुक्रबार देखि नेपाली फिल्मको इतिहासमै सबैभन्दा लामो नाम गरेको फिल्म रिलिज भएको छ । फिल्मको नाम हो ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष ‘ । नाम सुन्दा यो फिल्म कमेडि जनराको छ । तर नाम यति लामो छ कि एकपटक भनेर शायदै कसैले याद गर्न सक्ला । तर पनि सामान्य शब्द र बोलीचालीको भाषा प्रयोग गरेकोले पनि फिल्मको नाम सम्झन केहि सहज हुन्छ । तर फिल्मको नाम नै यति लामो किन ?

हलमा यो फिल्मको ब्यापार कस्तो छ त्यो फरक कुरा होला । तर अनमोल केसीको फिल्म कृ लाई नै लगानी उठान हम्मे हम्मे परेको बेला यो फिल्मको कलेक्शन कस्तो होला त्यो अनुमान गर्न सकिन्छ । मोफसल र सिंगल स्क्रिनमा भने यस्तो चलचित्र खुबै मन पराइन्छ । फिल्मको नाम नै लामो भएकोले पनि शायद निर्माण पक्षले प्रचारप्रसार नगरेको हुन सक्छ ।

हलमा प्रदर्शन गर्नु सँग सँगै फिल्मलाई सबैभन्दा लामो नाम गरेको फिल्मको रुपमा विश्व रेकर्डमा लेखाएको भए जाति हुने थियो । जय किशन बस्नेतको मुख्य भूमिका रहेको फिल्म प्रचारप्रसार बिनै हलमा प्रर्दशन भएको हो । डिलाराम सापकोटाको निर्माणमा बनेको फिल्मलाई सुरेश असिमले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया