प्रीयंकाको उपस्थितिमा आयुष्मान बोनसको चर्चा

निकै चर्चा र बिबादमा तानिरहने जोडि हो नायिका प्रीयंका कार्की र नायक आयुष्मान देशराज जोशी । प्रेम सम्बन्धमा रहेको कुरा मिडियामा आउन थालेदेखी यो जोडिको चर्चा खुबै हुने गरेको छ । पछिल्लो समय फेरि एक चर्चाले मिडिया र सिने नगरी मज्जैले तात्न थालेको छ । चर्चाको बिषय हो ‘प्रीयंका संगै बोनसमा आयुष्मान’ । हालै गुल्मीमा सम्पन्न भएको ‘गुल्मी रिडि मेला’ मा सहभागिता जनाउन पुगेकी प्रीयंका संगै उनको प्रेमी आयुष्मान पनि पुगेका थिए ।

कुरा यो मात्रै हैन, आयुष्मान बिना पैसा वा सित्तैमा उक्त कार्यक्रममा पुगेको कुरा बाहिर आएपछि यो बिषयले प्राथमिकता पाउन थाल्यो । प्रीयंकाले आफ्नो पारिश्रमिक १ लाख भन्दा आयोजकको ९० हजारको प्रस्ताबलाई स्विकार्दै मौखिक सम्झौता भयो ।


सो कार्यक्रममा प्रीयंका प्रेमी आयिष्मान पनि आए । तर उनको लागि पारिश्रमिक नछुटाईएको आयोजकले भनेपछि अन्ततः सित्तैमा उनी सित्तैमा स्टेज चढेको खबर बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया