प्रीतमले दिए सारेगमप लिटिल च्याम्प्समा धमाकेदार प्रस्तुति, बनाए सबैलाई भाबुक (भिडियो सहित)

ईटहरी/ नेपालमा मात्रै हैन देश बाहिर पनि रियालिटी शो हरुको चर्चा र सफलता निक्कै हुने गरेको छ । संगै सो रियालिटी शोहरुमा नेपालीहरुको बाक्लो सहभागिता र सफलताले त झन् नेपालीलाई हर्षित बनाएको छ । यसैबिच प्रदेश १ को मुटुको रुपमा परिचित ईटहरिका ११ वर्षिय प्रितम आचार्य चर्चित भारतिय गायन रियालिटि शाे शारेगमप लिटल च्याम्समा मा दमदार प्रस्तुति दिएका छन् । आज बाट टेलिभिजनमा सारेगमपको एपिसोडहरु प्रसारण सुरु भएको छ ।

यो शोको आज अर्थात फेब्रुअरी ९ तारिखबाट ईन्डियाको जि टेलिभिजनमा औपचारिक प्रसारण सुरु भएको छ । यो शोको केही समय अघि ट्रेलर सार्बजनिक भएको थियो जस्मा प्रीतमले महत्त्वपूर्ण उपस्थिति देखाएका थिए । सार्बजनिक आजको एपिसोडमा आचार्यले नेपाललाई निक्कै नै खुसी दिलाएका छन् ।

उनको दमदार प्रस्तुति संगै जुरीहरुको मन जितेको एपिसोडमा प्रष्टै देख्न सकिन्छ । प्रितमले यसअघि डिजिटल अडिसन दिदै मुम्बई र दिल्लि अडिसन पार गरिसकेका छन । हेर्नुस उनी र उनको मम्मी संग गरिएको भिडियो कुराकानी । यो कुराकानी प्रितम दिल्ली अडिसन जानु अघि गरिएको हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया