प्रिय तिमीलाई भन्दै आए रोहित  मास्के

धरान / धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ । धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस  या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही  सफल पनि भएका छन् र कोही  असफल त कोही आफनै  घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् । यस्तै धरानका  एक पुराना गायक हुन् रोहित मास्के ।  उनले  करिब अढाई दशकपछि आफ्नो नयाँ गीत ” प्रिय तिमीलाई ” म्युजिक भिडियो सहित भर्खरै मात्र रिलिज गरेका छन् ।

२०४९ सालताका ” निश्चल ” नामक सांगीतिक एल्बम बजारमा ल्याएका गायक रोहित मास्केको टेक्सी टेक्सी , मेरी मायालु बोलका गीतहरु त्यसबेला केही गीतहरु रुचाइएका थिए र उक्त एल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री  परियार र भगवती तुम्बाहाम्फेसंगै  युगल गीतहरु समेत  गाएका थिए  ।

धरानको देउसी भैलो देखि विभिन्न सांगीतिक कार्यक्रममा आफुलाई अब्बल रुपमा अगाडी बढाएपनि एल्बम निकालेको केही  समयपछि नै उनले हंगकंगलाई आफ्नो कर्मथलो बनाएका थिए  जसले गर्दा  त्यसपछि भने उनि उतै भुलिए । उता हुँदापनि यदाकदा फुर्सदको  केही  समय संगीतमा रमाउने मौका पाएका रोहितले केही  गीतहरु रेकर्ड गराए भने  उतै निर्मित ” चुकेको चुरा ” नामक चलचित्रमा संगीत तथा स्वर समेत दिएका छन् ।

हंगकंगमा हुने सांगीतिक कार्यक्रममा पनि उनि छुट्दैन थिए  ।  केहि बर्ष अघि मात्र उनि आफ्नै जन्म थलो धरान नै बस्ने गरि फर्किएका छन् । धरानआएपछि भने  उनले आफ्नो काम संगसंगै आफ्नो सांगीतिक शोख पनि पुरा गरिरहेका छन्  । धरानमा हुने  यदाकदा बिभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक  रोहित मास्केले  कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु संजिव लामा , हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाँचौ ” बोलको  संदेश मुलक गीत निकाले ।  उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा संगीत दिवस , मलाई धेरै धेरै माया लगायतका गीतहरु पनि निकाले । अहिले भने उनले सन्जिब लामाको शब्द , संगीत र निर्देशनमा प्रिय तिमीलाई यो जुनी भरि बोलको गीत भिडियो सहित  आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन् । प्रशान्त तामांगले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ ।

धरानको धरान  संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा  आबद्ध रहेका गायक अब भने पहिले देखि साँचेका र केहि नयाँ  गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् । आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको  संगीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोच छ गायक रोहित मास्केको ।

तपाईको प्रतिक्रिया