प्रियंका नम्बर वान हट सुन्दरी

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वका हट महिलाको सूचीको पहिलो नम्बरमा छानिएकी छिन् । म्याक्सिम इन्डिया नामक पत्रिकाले गरेको सर्वेक्षणमा उनी नम्बर वान हट एण्ड सेक्सी सुन्दरीमा परेकी हुन् ।

पत्रिकाले विश्वका १ सय हट सुन्दरी छान्न यो सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट प्रियंका एक नम्बरमा छानिएपछि उनको हट तस्बिर आफ्नो म्यागजिनको पहिलो पेजमा प्रकाशित गएको छ । सन् २००० मा मिस वल्र्डको ताजसमेत पहिरिसकेकी प्रियंका बलिउड हुँदै हलिहुडसम्मको फिल्मी यात्रामा यात्रारत छिन् ।

तपाईको प्रतिक्रिया

Loading…