प्रियंका कार्की अब बलिउडमा (भिडियो सहित)

काठमाडौं । नेपालकी चर्चित नायिका प्रियंका कार्की पहिलाेपटक एक भारतीय विज्ञापनमा देखा परेकी छिन । हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को विज्ञापनमा उनले अभिनय गरेकी हुन् ।  ४० सेकेन्डको उक्त प्रमोसनल विज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बाल कलाकारले साथ दिएका छन् ।

विज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभिनय विज्ञापनका लागि प्रफेट देखिएको छ । भारतीय विज्ञापनमा पहिलो पटक देखिएकी प्रियंकालाई यससँगै अब बलिउड अभिनयका लागि ढोका खोलिदिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…