प्रियंकाको बिवाह बारेमा पूर्वप्रेमी शाहरुखको टिप्पणी गर्दै भने, “म पनि बिवाह गर्छु ।”

आजकल प्रियंका चोपडाको बिवाहको चर्चाले बलिउड तातेको छ । कतिपय मिडियाले उनले अमेरिकी पपस्टार निक जोनससँग बिवाह गर्ने भएकोले सलमान खानको फिल्म ‘भारत’ नगर्ने भएकी हुन् । प्रियंकाले एक्कासी फिल्म छोड्नेबेलामा फिल्मनिर्मातालाई तनाव भएता पनि पछि कट्रिना कैफलाई फिल्ममा लिईएको थियो ।

प्रियंकाको इंगेजमेन्टको खबरमा बिभिन्न सेलिब्रेटीहरुले आ–आफ्नै किसिमले टिप्पणी गरिरहेका छन् । यस्तैक्रममा बलिउड सुपरस्टार शाहरुख खानले पनि एउटा गज्जबको प्रतिक्रिया दिएका छन् । कुनै समय प्रियंका र शाहरुखको अफेयरको चर्चाले बलिउडमा गर्माउने गरथ्यो ।

एक कार्यक्रमको क्रममा शाहरुखसँग प्रियंकाको बिवाहको बारेमा प्रतिक्रिया लिन खोज्दा उनले रमाईलो र ठट्यौली शैलीमा भने, म पनि बिवाह गर्न लागिरहेको छु । छिट्टै नै तपाइँहरु सबैलाई निम्ता कार्ड पठाउँछु । मेरो रिसेप्सनको कार्ड पनि पठाउँछु र मेहेन्दीमा चाँही पक्का आउनु नी ! इताजाखबर

Purbeli TV

तपाईको प्रतिक्रिया