प्रितम आचार्यलाई हङकङमा सम्मान

ईटहरी/ इटहरीका बाल गायक प्रितम आचार्यलाई हङकङमा सम्मान गरिएको छ । ईटहरी मञ्च हङकङले प्रितमलाई सम्मान गरेको हो । समुद्री जहाजभित्र गरिएको कार्यक्रममा प्रितमले हिन्दीका साथै नेपाली गीतहरु प्रस्तुत गरेका थिए । भक्तराज आचार्यको गीत जहाँ छन् बुद्धका आँखा गाइरहँदा वान्समोर पाएका थिए । भारतीय टेलिभिजन च्यानलमा नेपालीको गौरव बढाउँदै सांगितीक प्रस्तुती दिईरहेका प्रितमलाई भेट्दा हङकङमा बस्ने नेपालीहरुले गौरव लागेको बताएका छन् ।

हङकङको नेपाली समाजले स्टारक्रुजको भब्य सेटमा कार्यक्रम आयोजना गरेको यो पहिलो अवसर हो । मञ्चका अध्यक्ष राजु राईका अनुसार नयाँ सस्कृतीलाई स्थापित गर्नका लागि पनि कार्यक्रमको गरिएको हो । संयोजक तथा मञ्चका सचिव तुलसी उप्रेतीका अनुसार कार्यक्रममा ३०० जनाका उपस्थिती थियो ।

सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै भारतको चर्चित रियालिटी शो मार्फत संसारभरि नेपालीको प्रतिभा र सम्भावनालाई उजागर गरेका प्रितमको सम्मानले आफूहरु उत्साहित भएको उनले बताए । कार्यक्रममा हङकङ स्थित महावाणिज्यदूत कमलप्रसाद भट्टराई, विभिन्न संघसस्थाका प्रतिनिधी, स्थानिय, ब्यवसायी, विद्यार्थीहरुको उपस्थिती थियो । उच्च सुरक्षा तथा चेकजाँचका बिच कार्यक्रम गरिएको थियो । जसको कारण समयमै नपुग्नेहरु कार्यक्रममा प्रवेश गर्नै पाएनन् ।

तपाईको प्रतिक्रिया

Loading…