प्राकृतिक विपत्त जोखिम न्यूनिकरणका लागि धरानमा सडक नाटक

धरान / धरानको रंगमञ्चलाई पुन व्युताउन ठूलो योगदान पु¥याउदै आएको आरम्भ नाट्य डबली, धरानले पछिल्लो समय सचेतनात्मक नाटकमार्फत समाजमा सचेतना फैलाउने कामलाई बढी प्राथमिकतामा राखेर नाटक मञ्चन शुरु गरेको छ ।

केही समय अगाडि बाल अधिकार सबै बालबालिकाका लागि समान भन्ने मुख्य अभिप्राय बोकेको तथा सडक बालबालिकालाई लक्षित गरी बनाइएको परिवर्तनका स्वरहरु पदर्शन गरिसकेका आरम्भले पछिल्ललो समय आफ्नो रङ्गकर्मलाई निरन्तरता दिने क्रममा बाढी, पहिरो र विशेष गरी भूकम्पजस्ता प्राकृतिक विपतहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चेतना प्रवाह गर्दै सडक नाटक ‘विपत् ! विपत !! विपत !!!’ धरान उपमहानगरपालिकाका ९ स्थानहरुमा सफल प्रदर्शन गरेको छ ।

असोज २६ देखि शुरु भई २८ गते समापन भएको हाँस्य अभिनयात्मक शैलीमा प्रदर्शन गरिएको सो सडक नाटकले प्राकृतिक विपत्मात्रै नभई मादक पदार्थ सेवन, लागू औषध प्रयोग, लाहपर्वाहीपूर्वक सवारी चालन, असावधानीका कारण हुने आगलागीलगायत अन्य मानवीय विपत्का बारेमा पनि सम्प्रेषणीय रुपमा चेतना प्रवाह गरेको थियो । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, सुनसरी धरानको आयोजना, ने.रे.सो. का स्थानीय विपत् व्यवस्थापन समितिको संयोजनमा उपमहानगरपालिकाका विपत् जोखिममा रहेका ८ वटा वडाहरु ५, ८, ११, १३, १५, १६, १७ र २० का विभिन्न ९ स्थानमा नाटक प्रदर्शन गरिएको हो ।

सो सडक नाटकले विपत जोखिम र त्यसको व्यवस्थापनबारे प्रभावकारी रुपमा सन्देश प्रवाह गर्न सफल रहेको नेरेसो विपत व्यवस्थापन अधिकृत शिवराम खड्काले बताउनुभयो । अन्य माध्यमहरु भन्दा नाटक आफूले जनतामा चाहेको सन्देश दिन सशक्त माध्यम भएको हुँदा विपत् व्यवस्थापनसम्बन्धी चेतना फैलाउन आरम्भ नाट्य डबलीसँग सहकार्य गरेको बताउँदै उहाले प्रदर्शित नाटकले लक्षित समुदायमा मनोरञ्जनात्मक रुपमा सन्देश दिएको दावी पनि गर्नुभयो । आरम्भ अध्यक्ष तथा नाटकका लेखक–निर्देशक गोपाल देवानले विभिन्न गैरसरकारी संस्थाहरुले सडक नाटकलाई कलाहीन रुपमा प्रस्तुत गरेर सडक नाटकको सौन्दर्य र प्रभावकारितालाई समाप्त गरेको बताउँदै नाटक पहिला नाटक हुनुपर्ने धारणा राख्नुभयो ।

प्रस्तुत नाटकलाई नाटकीय तत्व र अभिनयलाई प्रमुखता दिई नाटकमा ‘फिजिकल थियटर’को शैलीलाई समेत अवलम्वन गरी कलाकारहरुबाटै घर, खाट र पलङजस्ता वस्तुहरु बनाइएको हुँदा नाटक प्रभावकारी भएको उहाले बताउनुभयो । सडक र गल्लीहरुमा जादू देखाउने चटकेको खेललाई नाटकको मुख्य प्रस्तुती शैली बनाई विपत् व्यवस्थापनको सन्देश प्रस्तुत गरिएको नाटकमा आरम्भ नाट्य डबलीका कलाकारहरु शान्तिराम राई (चटके), बाल कलाकार सिर्जित सुवेदी (जम्बुरे), शोभा लामिछाने (भूकम्पले परिवारका सबै सदस्य मारिएपछि विक्षिप्त बनेकी महिला), सबिना राई (बाढीपीडित महिला), तीर्थ विक, प्रकाश पोख्रेल (लागू औषध प्रयोगकर्ता–एडिक), कृष्ण तिम्सीना, पानस गुरुङ, प्रेम नेपाली (विपत् उद्धारकर्ता) र स्वतन्त्र कलाकार दिपेन्द्रसिंह दर्नाल (मत्थु युवक) ले सशक्त अभिनय गरेका थिए ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…