प्रमोदको पृथ्वीमा फिरोजले खाए धोका (भिडियो सहित)

ईटहरी/ नेपाली सुगम संगीतका चर्चित तथा स्थापित गायक प्रमोद खरेलको एक पछि अर्को गीतहरु हरेक दिनजसो सार्बजनिक भैरहेको छ । यसै सिलसिलामा उनले एक गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । जुन १ अर्थात यहि शुक्रबार उनले नयाँ गीत ‘पृथ्वी’ सार्वजनिक गरेका हुन् ।

गायानमा पृथक र बिश्वको नम्बर वान टिभी रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’को कोच ‘जर्ज’ को रुपमा समेत रहेका प्रमोदले आफ्नै शब्द तथा संगीत यो गीतको भिडियो सार्बजनिक गरेका हुन् । निकै मार्मिक गीत सुन्ने श्रोता तथा दर्शकहरुलाई यो गीतले भावूक बनाउने छ । सार्वजनिक गीतको भिडियोमा फिरोज तिमिल्सिना र सारा सिर्पालीलाई फिचरिङ गरिएको छ भने जीवन आचार्य पनि भिडियोमा देखिएका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको यो म्यूजिक भिडियोमा जीवन रिजाल र निराजन कार्कीको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ । जसको संगीत संयोजन शैलेन्द्र प्रधानले गरेका हुन् ।
हेर्नुस् भिडियो

Purbeli TV

तपाईको प्रतिक्रिया