प्रभासको ‘साहो’को फर्स्ट लुक सार्वजनिक, प्रभाससँगै श्रद्धा कपुर देखिदै

काठमाडौं / सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ को फर्स्ट लुक सार्वजनिक भएको छ । प्रभासको ३८ औं जन्मदिनको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो । २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली–द कनक्लुजन’ मा बाहुबलीको भूमिका निभाएका प्रभासको ‘साहो’ मा फरकरुपमा देखा पर्नेछन् । उनले फस्ट लुक आफनो अफियीसियल फेसबुक मार्फत सार्वजनिक गर्दे जन्मदिनमा शुभकामना दिने सबै शुभचिन्तक तथा प्रशंशकहरुलाई धन्यवाद समेत दिएका छन् ।

पोष्टरमा प्रभासलाई अनुहार रुमालले आधा ढाकेको रुपमा स्टाइलिष्ट लुक्समा मोवाइलमा कुरा गदै हिडिरहेको देख्न सकिने छ । सुजितको निर्देशनमा बनेको यो फिल्ममा प्रभाससँगै श्रद्धा कपुर समेत देखिनेछिन् । साहोमा नील नितिन मुकेश र मन्डिरी बेदीलाई नकारात्मक भूमिकामा देख्न सकिनेछ । फिल्म तेलुगु, तमिल र हिन्दीमा बनाइने निर्माण पक्षले जनाएको छ । फिल्म रोमानिया, अबू धाबी र युरोपमा छायांकन गरीएको हो भने फिल्म २०१८ मा रिलीज गर्न तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया