प्रदेश १ लाई चलचित्र नगरी बनाउने चलचित्रकर्मीहरुको प्रतिबद्धता

इटहरी / प्रदेश १ लाई देशकै उत्कृष्ट चलचित्र नगरी बनाउनेमा प्रदेश १ का चलचित्रकर्मीहरुले प्रतिबद्धता ब्यत्त गरेका छन ।चलचित्र पत्रकार संघ प्रदेश १ को आयोजनामा सुनसरीको ईटहरीस्थित छानो रेष्ट्रोमा आयोजित (प्रदेश १ मा चलचित्रको बिगत देख्यौँ,वर्तमान भोग्यौँ,भविश्य के ?) नामक अन्तरक्रिया कार्यक्रममा बत्ताहरुले सो कुरा बताएका हुन ।

चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष तथा अग्रज चलचित्रकर्मी पर्शुराम चौधरीले चलचित्र क्षेत्रमा बाहिर हाँसेर हिँडेपनि भित्री रुपमा आफनो पिडा आफै सँग लुकाउनुपर्ने बाध्यता रहेको र यर्थाथको ब्यापार नभएको गुनासो गरे । उनले प्रदेश १ मा चलचित्रको सम्भावना राम्रो रहेको औँल्याए ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले बलिउडमा साथ ईण्डियन मुभिले हंगामा मच्चाएजस्तै नेपालमा प्रदेश १ मा बनेका चलचित्रले हंगामा मच्चाउने उनले बताए । उनले चलचित्र छायांकन देखि आबश्यक कलाकार र सम्पुर्ण सामाग्री प्रदेश १ मै उपलब्ध हुने गरेको बताए । उनले नेपालको चलचित्र क्षेत्रमा ६० देखि ७० प्रतिशत कलाकार प्रदेश १ को रहेको बताए ।

चलचित्र निर्देशक दिपा बस्नेतले प्रदेश १ मा चलचित्रको सम्भावना राम्रो रहेको बताईन । उनले कुनै समय सिंगो चलचित्र क्षेत्र पुर्बले धानेको बताईन । मैथिली चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष सन्तोष सरकारले कोरोनाका कारण चलचित्र क्षेत्र ध्वस्त भएको चचलचित्रको बिगत राम्रो भएको बताए । उनले नेपाली चलचित्र कसरी बिदेशी बजारमा लगेर प्रतिष्पर्धा गर्ने भन्ने बिषयमा सोच्नुपर्ने बताए ।

कार्यक्रममा कलाकार महादेब त्रिपाठी,मोडल मनिषा यादब,विश्वको होचो ब्यत्ति मनोज बिक,बरिष्ठ कलाकार कोपिला थापा,निर्देशक तथा कलाकार भिम लामा,प्रकाश सुब्बा,लाखमान योञ्जन,दिनेश कोईराला लगायत दर्जनौ चर्चित कलाकारहरु समेत उपस्थित भएका थिए । चलचित्र पत्रकार संघ प्रदेश १ का अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रम संघका प्रदेश सदस्य सुवास संकल्पको संयोजकत्व र सचिब बिरेन्द्र शाहको सञ्चालनमा सम्पन्न भएको थियो ।.

तपाईको प्रतिक्रिया