प्रदेश १ मा २ सय बिघामा चलचित्र छायांकन स्थलको लागि प्रतिवेदन बुझाईयो

इटहरी/ नेपाल सरकार चलचित्र विकास वोर्डले प्रदेश नं १ मा चलचित्र छयांकन स्थल (Film Studio) निर्माण सम्भाव्यता अध्ययनको लागि बनाएको समितिले आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कि समक्ष आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । चलचित्र विकास वोर्डको स्वीकृत मापदण्ड बमोजिम बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ क्षेत्र भित्रमा पर्ने श्रीलंका टापु आसपासको दुई सय विगाह क्षेत्रलाई सबैभन्दा उपयुक्त क्षेत्र पहिचान गरेको र उक्त क्षेत्रलाई बराहक्षेत्र नगरपालिकाले चलचित्र छयांकन स्थलको रुपमा विकास गर्न सहमति प्रदान गरेको छ ।

समितिले पनि उक्त क्षेत्रलाई उपयुक्त ठानि सोहि स्थललाई छनौट गरिएको कुरा प्रदेश स्तरिय चलचित्र छयांकन स्थल निर्माणको सम्भाव्यता अध्यन समन्वय तथा संयोजन समितिका संयोजक नवल खडकाले जानकारि दिए । “प्रदेश १ का धेरै स्थानको स्थलगत अध्यन गरेपछि मात्र अन्य स्थानको तुलनामा बढि जग्गा र सबै हिसाबले उपयुक्त भएको ठहर गरेपछि मात्र हामिले यो स्थान छनौट गरेको हो” समितिका सह संयोजक प्रेम सुब्बा भन्छन् ।

यस्तै, “यो छयांकन स्थलको निर्माणपछि प्रदेश १ लाई छुट्टै चलचित्र क्षेत्रको रुपमा स्थापित गराउन मद्धत पुग्ने भएको हुदा प्रदेश १ मा रहेका सम्पुर्ण चलचित्रकर्मिहरुको लागि यो एकदमै खुशिको कुरा” भएको नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष तथा समितिका सदस्य अरुण कुमार प्रधानले बताए । यसभन्दा पहिले झापा, मोरंग, सुनसरी, ईलाम लगायतका विभिन्न स्थानको अवलोकन गरेपछि हिमाल, पहाड, तराई को क्षेत्र नजिक नजिकै पर्ने र सप्तकोसीको संगम स्थल, धार्मिक, पर्यटकिय क्षेत्र रहेको आन्तरिक हवाई क्षेत्र, यातायातको सुविधा हुनको साथै सबैभन्दा बढि जग्गा प्राप्त भएको हुदा यो स्थान छनौटमा परेको महासंघ अध्यक्ष प्रधानले जानकारि गराए ।

झापाको खुदुनावारि, इलामको कन्याम, श्री अंतु, केरावारि, डंग्राह, बिष्णुपादुका लगायत दर्जनौ स्थानको अवलोकन पछि नै बराहक्षेत्र छनौट मा परेको हो । समितिले छोटो समयमा नै एकदमै मेहनत गरेर काम गरेको भन्दै आन्तरिक मामिला तथा कानुन मंन्त्रीले हिक्मत कार्किले धन्यवाद व्यक्त गरे । झापाको खुदुनावारि पनि उपयुक्त ठाउ भएको र आफ्नो छनौटमा सो स्थान रहदा रहदै पनि अझ त्यो भन्दा राम्रो स्थान छनौट भएको हुदा खुशि लागेको भन्दै अब यो जग्गा छनौटपछि मास्टर प्लान बन्ने र डिपिआर निर्माण गरेर आगामि निति तथा कार्यक्रम मा सहभागी गराएर उच्च प्राथमिकताका साथ छयांकन स्थल निर्माण कार्य तिव्र गतिमा अघि बढाउने कुरा माननिय मंत्री हिकमत कार्किले जानकारि गराए ।

समितिको लागि प्रतिवेदन पत्रकार तथा निर्देशक भीषण राईले तयार गरेका थिए । समितिमा संयोजकमा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहाल, सह संयोजकमा प्रेम सुब्बा, सदस्यहरुमा दिपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल, संचार तथा सुचना प्रविधि मंत्रालयका उप सचिव युवराज खतिवडा, आन्तरिक मामिला तथा कानुन मंत्रालयका शाखा अधिकृत बिजय कुमार मगर, सचिवमा चलचित्र विकास वोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई, नवल खडका रहेका थिए भने बोर्डबाट नियुक्त स्थानिय सहजकर्तामा केशव रायमाझि, दुर्गा नेम्वाङ, केवल तामाङको साथै प्रदेश सरकारबाट सिफारिस भएका प्रतिनिधिहरुमा मणि लिम्बु (बिजय सुब्बा), ध्यान बहादुर सुब्बा, हिमाल दहाल र नेपाल चलचित्रकर्मि महासंघका अध्यक्ष अरुण कुमार प्रधान रहेका छन् । बिषेश सहयोगिमा पत्रकार भीषण राई छन् ।

तपाईको प्रतिक्रिया