प्रदेश-१ मा हुने ‘चलचित्र महोत्सव’ १ महिना अघि

धरान / सिनेमा हलवालाहरुको छाता संस्था ‘नेपाल चलचित्र संघ’ ले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । गत मङ्सिर २९ गते संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो वारे जानकारी दिएको थियो । आन्दोलन का कार्यक्रम अन्तर्गत सबैभन्दा शुरुमा पौष १० गते ८ महिना देखी बन्द सिनेमा हल खोल्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म बन्द रहेको नेपाली फिल्म क्षेत्र खुल्ने वारे सरकारले कुनै ठोस निर्णय दिन नसक्दा हलवाला हरुले विभिन्न समयमा हल खोल्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्रहरु बुझाँउदै आएका छन । तर सरकारले पूर्ण रुपमा लकडाउन खारेज गर्दा पनि सिनेमा हल नखोल्दा सिनेमाकर्मीहरु आक्रोशित भएका छन् ।

बारम्बार सिनेमा हल खोल्न अनुरोध गरेपनि सरकारले चासो नदिएपछि चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत सबैभन्दा शुरुमा पौष १० गते हल खोल्ने संघले सरकारलाई चेतावनी दिएको छ । ‘नेपाल चलचित्र संघ’ ले चरणवद्ध आन्दोलनको घोषणा गरेअनुसार पहिलो कार्यक्रम यही पौष १० गते हलहरु खुल्ने भएका छन । नेपाल चलचित्र संघ को माग लाई ऐकेबद्धता जनाउदै चलचित्र महासंघ प्रदेश १ ले चलचित्र हल हरु यही पौष १० खुल्नु पर्ने माग सहितको प्रेस बिज्ञप्ती निकालेको छ । मंगलबार अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा बैठक बसी बिज्ञप्ती रिलिज निकालेकोछ । बिज्ञप्तीमा नेपाल चलचित्र निर्देशक समाज प्रदेश १, नेपाल चलचित्र निर्माता संघ प्रदेश १, नेपाल चलचित्र कलाकार संघ प्रदेश १, नेपाल चलचित्र निर्देशक समाज प्रदेश १, नेपाल चलचित्र प्राविधिक संघ प्रदेश १,नेपाल चलचित्र नृत्यकर्मी संघ प्रदेश १, आदिवासी, थारु, तमाङ, मैथिली, राजाबन्सी, खवास, सुनसरी मोरङ लगायतका सन्योजक हरुको हस्ताक्षार रहेको छ ।

सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीले बताएका छन् । अहिले हल सञ्चालकहरु १० महिनादेखि बन्द रहेको सिनेमा हलको सरसफाइमा जुटेका छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्न लागिएको हो । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउँदैछन् । तत्काल सिनेमा घरमा दर्शकको चाप नहुने भएका कारण हलमा प्रदर्शन भइसकेका फिल्म पुनः चलाइँदैछ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रवारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् ।

बैठकमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको चलचित्र महोत्सवको बारेमा पनि छलफल गरेकोछ । छलफलमा संघिय सरकारले घोषणा गरेको मध्यवधिको आमनिर्वाचनले महोत्सवलाई असर गर्ने बारेमा छलफल भयो । सोही चुनावलाई ध्यानमा राखि आम निर्वाचन अघि नै निर्वाचन आचार संहिताको अवधिले न भेटने गरि महोत्सवको तोकिएको मिती भन्दा एक महिना अगावै चैत्रको दोश्रो साता महोत्सव गर्ने निर्णय गरेको छ । साथै चुनावको मिति फेरबदल भएमा पुर्वनिर्धारित मितिमा महोत्सव हुने महासचिव दिनेश कोइरालाले पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया