प्रदेश १ मा नेपाल चलचित्रकर्मी संघ दर्ता

इटहरी / प्रदेश १ मा पहिलोपटक नेपाल चलचित्रकर्मी संघ,प्रदेश १ दर्ता भएको छ । चलचित्र क्षेत्रमा रहेका सबै विधालाई समेटेर गठन गरीएको संघ सोमबार सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दर्ता गरीएको हो ।नेपाल चलचित्रकर्मी संघको अध्यक्षमा केवल तामाङ रहेका छन् ।समितिमा वरिष्ठ उपाध्यक्ष सुवास मेचे,उपाध्यक्ष कुमार सिलवाल,सचिव रमेश तिवारी,सह–सचिव भगवती ढुङ्गेल,कोषाध्यक्ष डम्बर बहादुर विश्वकर्मा‘रोहन’ र सदस्यहमा हिमाल दाहाल,ज्ञानवहादुर सुव्वा,अनिता राई,सुमन तामाङ,रेखा लिम्बु,मनिता तामाङ,भावना मगर छन् ।

१३ जनाको समितिमा प्रदेश १का झापा,इलाम,पाँचथर,मोरङ्ग,सुनसरी,संखुवासभा लगायतका जिल्लाहरुबाट प्रतिनिधित्व गराईएको छ ।चलचित्र क्षेत्रमा आवद्व रहेर काम गरीरहेका हरुको हकहित र अधिकारका विषयमा चासो राख्दै संघ दर्ता गरीएको अध्यक्ष तामाङले बताए । संघले प्रदेश १ मा चलचित्र पर्यटन तथा यस क्षेत्रको विकास लागि सक्रीय रुपमा भुमिका खेल्ने जनाईएको छ ।नेपाल चलचित्रकर्मी संघको मुख्य कार्यालय झापाको विर्तामोडमा रहने छ ।

तपाईको प्रतिक्रिया