प्रदेश नं १ समन्वय परिषद कतारले विन्टर आउटडोर फेस्टिभल २०१९ को आयोजना गर्ने

दोहा । प्रदेश नं १ समन्वय परिषद कतारले प्रदेश नं १ अन्तर्गत ११ जिल्लाको संस्थाहरुलाई समेटेर विन्टर आउटडोर फेस्टिभल २०१९ को आयोजना गर्ने भएको छ । विगतका वर्षमा संस्थाहरुले फरक फरक समयमा कार्यक्रम गर्दै आए पनि यस पटक प्रदेश नं १ समन्वय परिषदको समन्वयमा सामुहिक रुपमा कार्यक्रम गर्ने भएको छ ।

प्रदेश नं १ का ११ जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा हुने कार्यक्रममा साँस्कृतिक प्रस्तुति, झाँकी लगायत पर्यटन प्रवद्र्धनका स्टलहरु राखिने अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए । कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार शम्भु राई र गायिका अंजु गौतमको साथमा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ ।

कान्तिपुर मेडिकल सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण गरिनुको साथै प्रदेश नंं १ का सदस्यहरुलाई उक्त मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा बिशेष छुटको पहल भईरहेको जनाएको छ । कार्यक्रम आगामी फरवरी २२ तारिक शुक्रबारको दिन मिसईद स्थित अम्वाज ग्लोवल भिलेजमा आयोजना हुने भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया