प्रदिपको ‘प्रयास’ एल्बम बिमोचन

काठमाडौ । गीतकार प्रदीप थापाको गीति एल्बम र गीत, गजल , रुवाई को संयुक्त कृति ” प्रयास ” को केही साता अघि मात्र काठमाडौको अनामनगर स्थित संवाद डबली बाट बिमोचन को कार्यक्रम सप्पन्न भएको छ । झापाको साविक कोहबरा १ बालुबथान मा पिता बेद ब. र माता जानुका थापा को कोख बाट जन्मिएका प्रदीप अहिले स्थायी रुपमा दमक ८ को नमुना टोलमा रहदै आएका छन।

करिब आधा दशक अघि बाट मोफसललाई उद्गम बिन्दुका रुपमा लिदै प्रदीप नेपाली कलाकारिता जगतमा होमिएका हुन। प्रदीप अभिनय साथै गीत लेखनमा सक्रिय छन् । आफू लेखन बिधामा कलिलै भए पनि यस बिधामा निरन्तर रुपमा लागि पर्ने र आफुलाई निखारेर अझ राम्रा राम्रा शब्द सिर्जना गर्न हरपल प्रयास गरिरहने उनले बताए ।

उनी आफुलाई राम्रो गीतकार को रुपमा स्थापित गराउन चाहान्छन्। हालै बिमोचन गरिएको पुस्तक संग्रह ” प्रयास ” मा उनले गीत , गजल र रुवाई लाई समेटेका छन् । त्यस्तै गीति एल्बम ” प्रयास ” मा उनले आफ्ना ६ वटा गजल गीत लाई समेटेका छन् । जसमा नरेन्द्र प्यासी , शिव परियार , राज सिग्देल , बादल प्रसाई , मेलिना राई का साथमा आफुले पनि स्वयम् एउटा गजल गीतमा स्वर भर्ने प्रयास गरेका छन् ।

एल्बमको एउटा गीत जति रुवाए नि तिम्ले बोल को गीतको म्युजिक भिडियो केही बर्ष अघि नै युट्युव मार्फत रिलिज गरिएको थियो। जुन गीत को छायांकन अमेरिका र अस्ट्रेलिया मा गरिएको छ ।

हालै अरु दुई गीत मेलिना राई को स्वरमा रहेको तिमी सगै हास्छु अनि र शिव परियारको स्वरमा रहेको दुखाएर मेरो मुटु को भिडियोको तयारी भईरहेको उनले बताए । सानै देखिको इच्छा थियो केही गर्ने प्रदीप भन्छन् – ” स्कुलमा आयोजना हुने विभिन्न कार्यक्रममा प्रस्तुति गर्दै गर्दा अग्रजहरु बाट पाएको हौसलाले नै सांगीतिक जगतमा होमिन प्रेरणा मिल्यो । केही गर्नलाई कसैको साथ आवश्यक पर्छ मैले परिवार लगायत सम्पुर्णको साथ पाएको छु ।

यही साथ सहयोग र मायाले नै म यो स्थान सम्म आइपुग्न सफल भएको हु ” बिबिएस दोस्रो बर्षको पढाई सकेका प्रदीपले केही गीतमा साथै टेलिशृङ्खला – चलन चल्ती मा समेत अभिनय गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया