प्रदर्शनको अन्तिम दुई दिनमै सायदमय बन्यो पुर्वाञ्चल (फोटो फिचर)

सायद-२ भोलिबाट प्रदर्शन हुदै

असार २९, ईटहरी / दुर्गिश ब्यानरले निर्माण गरेको चौथो चलचित्र “सायद २ ” प्रदर्शन हुन दुई दिन बाकि रहदा पोस्टर प्रचारमा निस्के पनि यतिखेर पुर्व सायदमय बनेको छ । सुनिल रावल द्वारा निर्मित फिल्मलाई यतिखेर निकै प्रतिक्षित मानिएको छ ।
डि थ्री प्रोडक्सनको अग्रसरतामा अभिनय कार्यशाला लिइरहेका १५ जना प्रसिक्षार्थी सहित १९ जनाको टीमले आफै बस र टेम्पो रिजार्भ गरि माईकिङ्ग संगै हात-हातमा फ्ल्यार दिने र पोस्टर टास्दै पुर्वको बिर्तामोड, दमक, धरान, ईटहरी हुदै बिराटनगर सम्म सायद २ को प्रचार-प्रसार गरेको छ । उक्त टीमले हिजो २८ र आज २९ गते प्रचारमा तिब्रता दिएको हो ।
चलचित्रमा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने सायद २ निर्माणमा सुनिल रावललाई ईश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन्।
हेर्नुस प्रचार-प्रसार का केहि तस्बिरहरु :

तपाईको प्रतिक्रिया

Loading…