प्रतिक्षित ‘कान्छी’को ट्रेलर, दया र स्वेताको जम्यो जोडि (ट्रेलर सहित)

नेपाली सिने उद्योगमा प्रतिक्षित मानिएको चलचित्र ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि उक्त चलचित्रको ट्रेलर युट्युब मार्फत सार्बजनिक गरिएको हो । ट्रेलर सार्बजनिक कार्यक्रममा फिल्मको मुख्य २ कलाकार दयाहाङ राई र अनु शाह उपस्थित थिएनन् । फिल्मको यसअघि सार्बजनिक भएको पहिलो गीत ‘चरी चट्ट’ले निकै सफलता पाएको छ ।

काया फिल्मस र बुम रेमिटको प्रस्तुतिमा आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’ लाई स्वेता खड्काले निर्माण गरेकी हुन् भने स्वेता संगै दयाहाङको मुख्य भुमिका रहेको छ । माघ २६ लाई रिलिज मिति तोकिए पनि उक्त समयमा ‘कृ’ पनि रिलिज हुने भएपछि ‘कान्छी’ आउदो फागुन ४ मा प्रदर्शन हुने पक्का भएको छ । हेर्नुस् ‘कान्छी’को ट्रेलर यस्तो बनेको छ ।

याम थापा लिखित ‘कान्छी’मा स्वेता र दयाको अलावा अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरि, बिनोद न्यौपाने, भुमिका श्रेष्ठ, रमेश अधिकारी, जय नन्द लामा र नीर शाह को पनि अभिनय रहेको छ । फिल्मको गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् भने पुरुश्वोत्तम प्रधानले छायांकन गरेका हुन् । नायिका स्वेता खड्का र शैलेश खड्काको संयुक्त लगानी रहेको ‘कान्छी’को रबिन खड्का सहायक निर्माता हुन् ।

तपाईको प्रतिक्रिया