प्रताप दासको स्वरमा फिल्म अनुरागको अर्को लिरिकल भिडियो सार्बजनिक

काठमाण्डौ/ नेपाल आइडलका प्रताप दासले गाएको ‘तिम्रो स्वरमा स्वर मिलाई’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत छ भने शब्द सत्यराज चौलागाईं को रहेको छ । उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् । निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको लिरिकल भिडियो गीत यस्तो छ ।

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ । उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

तपाईको प्रतिक्रिया