प्रताप दासको झ्याम झ्याममा कविता र भिजुको ठुम्का (भिडियो सहित)

ईटहरी/ नेपाल आइडलका गायक गायक प्रताप दासले नयाँ गीत ल्याएका छन् । नेपाल आइडलका तेश्रो विजेता दासले ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्याएका हुन् । गीतको भिडियोमा बिगु उगी विजेता कविता नेपाली र मोडल भिजु पार्कीले डान्स गरेका छन् ।

‘झ्याम झ्याम’ गीतको भिडियो कोरियोग्राफर प्रविण सिंहले उत्कृष्ट बनाउने कोशिस गरेका छन् । कविता र विजुको नृत्य लोभ्याउने खालको छ । ‘परान’ जस्तो सुपरहिट गीत दिएका संगीतकार आशिष अविरलले झ्याम झ्याममा नाँचु नाँचु लाग्ने संगीत सृजना गरेका छन् ।

गीतमा एकनारायण भण्डरीको शब्द रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने सम्पादन प्रितम पराजुलीले गरेका हुन् । थुप्रै हिट मेलोडी दिएका गायक प्रतापले आफ्नो पहिलो डान्सिङ नम्वले दर्शक नचाउने विश्वास भएको बताए ।

तपाईको प्रतिक्रिया

Loading…