प्याव्सन सिङगिङ आइडलको अपाधि कालावञ्जारका प्रदिपलाई

इटहरी / प्याब्सन सुनसरीले आयोजना गरेको प्याब्सन सिङगिङ आइडलको तेस्रो चरणको उपाधी सिद्धार्थ मेमोरियल स्कुलका कालावञ्जार बराहका प्रदिप गिरीले हात पारेका छन् । विहीबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न फिनालेमा उत्कृष्ट ९ प्रतिष्पर्धीलाई उछिन्दै गिरी प्याव्सन सिङगिङ आइडल भएका हुन् । यसै गरी धरान माउन्ट हर्मन एकेडेमीकी प्रकृति सुन्दास दोस्रो भइन् । इटहरी सेक्रेट हार्ट इङिलस स्कुलकी प्रकृति लिम्बू तेस्रो भएको सुनसरी प्याव्सन अध्यक्ष सुमित थापाले जानकारी दिएका छन् ।

प्रतियोगितामा फुजिसन सगरमाथा स्कुल तरहराका सुदिप गिरी र तरहराकै हिम शिखर स्कुल गौरव राईले सान्तवना स्थान प्राप्त गरे । गायक यम बराल र लोचन भट्टराई प्रतियोगिताको निर्णाय थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ट गीतकार शिव शंकर थापाले विजेता विद्यार्थीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । जिल्लाका चार सय विद्यार्थीको सहभागितामा रहेको सो प्रतियोगिता पाँचौं चरणमा फाइनल चरण पुगेको हो ।

 

तपाईको प्रतिक्रिया