प्यारोडी गर्नुहुन्छ, आयो अवसर, मिस्टर भर्जिनको प्यारोडी बनाउनेलाई ५० हजार

काठमाडौं । पछिल्लो समय चलचित्र निर्माताहरुले प्रमोसनका लागि विभिन्न तरिका अपनाउने गर्छन् । दर्शकलाई नजिकबाट चलचित्रबारे जानकारी दिन विभिन्न प्रतियोगिता गरिन्छ ।
यस्तै, चलचित्र मिस्टर भर्जिनले नयाँ प्रतियोगिता घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिता घोषणा गरेको हो । सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउनु पर्नेछ । प्यारोडी इमेलमा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

सेक्स कमेडीमा बनेको चलचित्र मिस्टर भर्जिनलाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटालगायतका कलाकारको अभिनय छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया