पैसा हाल्न सक्दैनौ भने म सँग एकरात सुत भन्नेहरु धेरै भेटे: मोडल सदिक्षा

काठमाडौ/ पछिल्लो समय नेपाली मोडलिङ् क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यस क्षेत्रमा लागेका धेरै भेटिन्छन । धेरैले करियरको लागि यस क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यस क्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् । तर पनि यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एकजना मोडल यस क्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन् ‘सदिक्षा थापा’।

मोडलिङ् क्षेत्रमा आफ्नो भबिष्य खोज्दै भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा रहेकी सदिक्षा सानैदेखि नाच्नमा सौखन थिईन् । अहिले हाल सम्म पाँचवटा म्युजिक भिडियोमा मोडलिङ् गरिसकेकी सदिक्षाले धेरै पैसा फसाईसकेको बताउछिन् । तै पनि उनि अझै यो क्षेत्रबाट टाढा रहन भने चाहन्नन् । यसै क्षेत्रमा लागेर केहि गर्छु भनेर निरन्तर लागिरहेकी छिन् । मलाई मोडल बनाईदिन्छु भनेर मेरो पैसा धेरैले खाइदिए, झुटो, आस्वासन दिए । मैले करिब ३ लाख ५० हजार जति डुबाए भन्दै उनले पिएनपिखबरसँग आफ्नो गुनासो पोखिन् ।

तपाईको प्रतिक्रिया