पूर्वेली ठिटोलाई एलिसा राईको झट्का लागेपछि (भिडियाे सहित)

मोडेल एलिसा राईको रुपको झट्का मोडल गंभीर बिष्ट र ‘ह्याण्ड टु ह्यान्ड क्रु’ का युवाहरुलाई लागेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ । यसै हप्ता युट्युवमा सार्वजनिक भएको उक्त भिडियो युवाहरुको रोजाईमा परेको छ । पूर्वेली इलाम मंगलबारेका गायक बिमल गौतमको उक्त भिडियोलाई नवराज उप्रेतीले छायंकन गरेका छन् भने गंभिरले निर्देशन गरेका छन् । गायक स्वयम र प्रकाश श्रेष्ठद्वयले तयार बनाएको शब्दलाई बिमल आफैले संगीत भरेका हुन् ।

युवा पुस्ताले बोलीचालीमा प्रयोग गर्ने शब्दलाई लोकपन र आधुनिताको फ्युजन गरी संगीतबद्ध गरिएको बिमलले बताए । त्यसै गरी फाष्ट विटको डान्सिङ गीत समेत भएकोले युवा पुस्ताले बढी रुचाउने अपेक्षा गरिएको उनको बिश्वास छ ।

तपाईको प्रतिक्रिया