पूर्वाञ्चल सिङ्गिङ स्टार–६ को अडिसनमा तेह्रथुमबाट १५ जना छनौट

तेह्रथुम / पूर्वाञ्चल बागिना कला केन्द्रले सुरु गरेको पूर्वाञ्चल सिङ्गिङ स्टार–६ को अडिसनमा तेह्रथुमबाट १५ जना छनौट भएका छन् । सदरमुकाम म्याङलुङ स्थीत रेडियो मेन्छ्यायेमको हलमा बुधबार आयोजित पूर्वाञ्चल सिङ्गिङ स्टार– ६ को अडिसनमा तेह्रथुममा १५ जना छनौट भएका हुन् । पूर्वाञ्चल स्टार १, २, ३ ४ र ५ सफल पार्न सफल पुर्बाअञ्चल सिङगीङ स्टार –६ प्रदेश नं. १ को ओखलढुंगाबाट अडिसन सुरु भएको हो । यस अघि सम्पन्न अडिसनमा ओखलढुंगाबाट ७ जना उदयपुरबाट ६ जना भोजपुरबाट ४ जना संखुवासभाबाट ९ जना र पाचथरबाट १८ जना छनौट भएका छन् ।

सिङगीङ स्टार – ६ को बाकी अडिसन साउन ३१ गते ईलाम , भदौ २ गते झापा, भदौ ४ गते मोरङ भदौ ६ गते धनकुटा र पहिलो चरणको अन्तीम अडिसन भदौ ९ गते धरानमा हुने आयोजक सस्थाका संयोजक राईले बताए । उनका अनुसार दोश्रो चरणको अडिसन भदौ १५ गते धरानमा हुने भएको छ ।‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिताबाट विजेता बनेकाहरु हालसम्म गायन क्षेत्रमै सक्रिय रहँदै आएका छन् ।

प्रतियोगितामा विजेतालाई ५० हजार नगद, २ वटा गीत रेकर्ड, १ वटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा गिटार, दोस्रो पुरस्कार २५ हजार नगद, १ वटा गीत रेकर्ड, ६ महिने निःशुल्क म्युजिक कोर्ष र गिटार, तेस्रो पुरस्कार १५ हजार रुपैयाँ, १ वटा गीत रेकर्ड, ३ महिने निःशुल्क म्युजिक कोर्ष साथमा गिटार प्रदान गरिने पुर्बाअञ्चल सिङगीङ स्टारका संयोजक भक्तिराज राईले बताए ।

यस्तै, वेष्ट भोकल, वेष्ट डिसिप्लिन, वेष्ट परफमेन्स, वेष्ट पब्लिक च्वाइसजस्ता अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, मिस स्टेटको विजेतालाई क्राउन, स्कुटी र अवार्डृ प्रदान गरिनेछ भने फस्ट रनर अपलाई ५० हजार, क्राउन र अवार्ड र सेकेण्ड रनर अपलाई २५ हजार, क्राउन र नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिसिप्लिन, मिस पर्सनालिटी, मिस पम्चुअल, मिस वेष्ट स्माइल, वेष्ट फिचर, वेष्ट क्याटवाक, चार्मिङ, ब्युटीफूल, एसएमएस भोटिङ, फोटोग्राफी, एक्टिभ अवार्ड प्रदान गरिने संयोजक राईले जानकारी दिए ।

प्रतियोगिताको कोरियोग्राफीको भूमिका मेरिना तुम्साले सम्हाल्नेछिन् । युवा प्रतिभा गायन खोजी हाम्रो अभियान भन्ने नाराका साथ पुर्वाअञ्चल बागीना कला केन्द्रले प्रत्येक बर्ष सञ्चालन गर्दै आएको प्रतियोगीतामा बिजेताहरुले नगद पुरस्कार र बिभिन्न पुरस्कार पाउदै आएका छन् । अहिले सम्म सम्पन्न अडिसनको फाईनलमा तेह्रथुमका संगम चोङबाङ, ताप्लेजुङका प्रकृती थलङ, भोजपुरका सृजना तामाङ , तेह्रथुमका दिलेन बाबु माबुहाङ र सुमन राई बिजेता भई सकेका छन् ।

यसै बिच यसै बर्ष देखि १५ देखि २७ वर्ष उमेर समूहका अविवाहित युवतीलाई देशको भाषा, कला, संस्कृति, पयर्यटन, अर्थतन्त्र, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको बारेमा सुसुचित गराउँदे कलाको माध्यमद्वारा समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यले पहलिो पटक मिस स्टेट –१ को समेत प्रतियोगिता गर्न लागिएको संयोजक राईले जानकारी दिएका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

सिँचाई गर्न पानी जोहो गर्दै किसान

बर्षाका कारण तेह्रथुम सुक्रबारे बजारमा १ घर भत्कियो

धनकुटालाई हराउँदै अष्टमी गोल्डकपको उपाधी पाँचथरलाई

छथर सुक्रबारे धार्मिक पर्यटन मेला (तस्विरहरू)

सुख्खा ग्रस्त क्षेत्रमा मन्त्री आङबोद्धारा अनुगमन खडेरी पिडीतलाई मलम दिने प्रतिबद्धता

राज्यको आँखा पुग्न नसकेको तेह्रथुमको कटके बस्ती

पूर्वाञ्चल सिङ्गिङ स्टार–६ को अडिसनमा तेह्रथुमबाट १५ जना छनौट

सडक र्मतमा स्वतस्पुर्त जनप्रतिनिधि र स्थानीय जुट्दै

जोखिम मोल्दै अलैची किसान

ढाका व्यावसायमा महिलाहरुको आकर्षण

तपाईको प्रतिक्रिया