पूर्वमा एकसाथ तीनवटा गीतको छायांकन (तस्विरहरु सहित)

पथरी । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले दशैं र तिहारको बीचमा एकसाथ तीन वटा गीतको म्यूजिक भिडियो छायांकन गरेको छ । गायक देव गुरुङको पुरानो गीत ‘बिकम बारुलै…’ लाई रिमेक गरेर पुनः छायांकन गरिएको हो ।

सो गीत मोरङको जाँते र मिक्लाजुङ –१ को रमितेमा भिडियो सुट गरिएको हो । जसमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठको मुख्य अभिनय रहेको छ भने कोरसहरु पनि राखेर खिचिएको छ । यस गीतलाई देवराज सिग्देलले खिचेका हुन् भने कोरियोग्राफी शिव श्रेष्ठको रहेको छ । यस गीतको रचना तथा संगीत गायक स्वयं गुरुङले गरेका छन् भने एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् । यसैगरी गायक विनोद राईको ‘यो खुशी, यो हाँसो…..’ गीतको सुटिङ पथरीशनिश्चरे–१ को भुल्के सिमसार र पथरी आसपासमा खिचिएको छ । उक्त म्यूजिक भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले फिचरिङ गरेका छन् । गीतको रचना युगल लुङ्फुङ्वा, संगीत देव गुरुङ र एरेन्ज सचिन सिंहको रहेको छ भने भिडियोलाई देवराज सिग्देलले नै खिचेका हुन् ।

यस्तै पथरीशनिश्चरेलाई क्षेत्र बनाएर संगीतकारका रुपमा स्थापित विकेश साउदेनले पनि तिहार गीत ‘आयौं देउसी, भैलो खेल्न…’ को छायांकन गरेका छन् । सो गीतको संगीत÷रचना नविन राईले गरेका हुन् भने स्वर केशव साउदेन, राकेश राई र विकेश साउदेनले भरेका छन् । सो गीतलाई विशाल थापाले खिचेका हुन् भने छायांकन शनिश्चरेको कुशेमा गरिएको छ ।

यी तीन गीतहरु मध्ये तिहार गीत चाँडै नै आउने क्रेजी इन्टरटेनमेन्टले जानकारी दिएको छ । यस्तै अन्य दुई गीत भने तिहारपछि मात्र सार्वजानिक गरिने बताइएको छ । तीन वटै गीतको निर्देशन भने सन्तोष राईले गरेका हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…