पूर्वका यि शहरहरूमा द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट

पथरी / फेन्साईज सो द भ्वाइस अप नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिने भएको छ । मेची माहाकाली म्यूमिकल कन्सर्ट अन्तरगत माघ २५ साझ पथरीमा आयोजना हुने कन्सर्टमा द भ्वाइस अफ नेपाल सीडी विजय अधिकारीका साथ टप टेन कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा हुने उक्त कन्सर्टमा १० हजार दर्शककाले मनोरञ्जन प्राप्त गर्ने आयोजकको लक्ष रहेको छ । नेपालको चर्चित रियालिटी सो द भ्वाइस अप नेपालका कलाकारको पुर्वमा माग भैरहेको बेला पिस ल्याम्प इन्टरनेशनलले दर्शकको न्यूनशुल्कमा मनोरञ्जन दिन पथरीमा ल्याउने भएको हो ।

आयोजकले मोरङको पथरीशनिश्चरेमा पत्रकार संमेलनको आयोजना गरी माघ २५ गते हुन लागेको कन्सर्ट बारे जानकारी गराएको छ । पथरीमा रहेको पथरी स्पोटीङको खेल मैदानमा हुने कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफत्रय कुशल आचार्य, सप्तक दुदराज, श्रीजय थपलिया, टप टेनमा पर्न सफल सुरेश क्षेत्री, श्रेया राई, विवेक वाइवा, अनु शाक्यले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने प्रालिका मेनेजिङ डाइरेक्टर अनुप योन्जनले जनाएका छन् ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडले मोरङका ४ स्थानमा गर्न लागेको कन्सर्टमा माघ २१ गते धरानमा, माघ २३ गते विर्तामोडमा र माघ २६ गते केर्खामा समेत लाइभ कन्सर्ट गर्दैछ । कन्सर्टमा करिब २० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

काम विनै तलब खाने जनप्रतिनिधिको तलब फिर्ता गर्न माग

बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

लायन्सद्धारा ह्विल चेयर वितरण

चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

तपाईको प्रतिक्रिया