पुष्प, साम्राज्ञी र सन्दिपको लागी छायांकन स्थलमा बडीगार्ड

इटहरी / आउट डोर छायांकनको क्रममा हुलमुल धेरै हुन थालेपछी चलचित्र ‘तिम्रो मेरो साथ’को यूनिटले छायांकनमा बडीगार्डको ब्यबस्था गरेको छ । विशेष गरेर चलचित्रका नायक पुष्प खड्का, नायिका साम्राज्ञी आर एल शाह र सन्दिप क्षेत्रीको छायांकन आउट डोर गर्नुपर्दा दर्शकहरू माँझ उनिहरूको क्रेजलाई ध्यानमा राखेर बडीगार्डको ब्यबस्था गरिएको जानकारी निर्माता रमेश एम के पौडेलले दिएका छन ।

चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन ६० प्रतिशत सकिएको छ । अब केही दृश्य र गीतको मात्र छायांकन हुन बाँकी रहेको छ । चलचित्रको केही दृश्य अमेरिकाका शहरहरूमा गरिने तयारी भैरहेको छ पौडेल बताउछन् । चलचित्रमा रामजी लामिछानेले नृत्य निर्देशन गर्ने भएका छन भने प्रेमकथामाथि आधारित यो चलचित्रका निर्देशक रमेश एम के पौडेल नै हुन ।


तिम्रो मेरो साथमा निर्देशक पौडेलकै कथा, गीत र निर्माण रहेको छ । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सन्दिप क्षेत्रीको अलावा सरोज खनाल, खड्ग बहादुर पुन ‘खबपु’, इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तको समेत अभिनय रहेको छ । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा छायांकन भैरहेको यो चलचित्रमा सबिर श्रेष्ठको पटकथा र सम्बाद रहेको छ ।

तपाईको प्रतिक्रिया