हिन्दु नेपाली नारीहरुको महान पर्व तिजको आगमन सँगै पुर्वेली लोकगायिकाहरु तिजको गित रेकर्डिङ र म्युजिक भिडियो छायांकनमा जुटेका छन । बिशेषगरी पुर्वमा चर्चा कमाएका गायिकाहरु अञ्जु गौतम,यमुना पराजुली,चन्दा खडका र गंगा गौतमलाई तिजले छपक्कै छोएको छ । उनीहरु यतिबेला पुर्वका बिभिन्न स्थानमा तिज गितको म्युजिक भिडियो छायांकन सकेर तिजको प्रतिक्षामा रहेका छन ।
अञ्जु गौतम
पुर्वेली लोक गित संगितमा अब्बल मानिएकी गायिका हुन अन्जु गौतम । बिगत एक दशकदेखि इटहरीलाई कर्मथलो बनाएर उनी क्रियाशिल छिन । उनले ८ ओटा एल्बम मार्फत करिब डेढ सयको संख्यामा गितहरु गाएकी छिन । हरेक चाडपर्वमा एल्बम निकाल्ने उनले यो तिजमा पनि गित रेकर्ड गराएकी छिन ।
उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन तिहार गीतमा स्वर दिएकी छिन । नेपालमा गीतसंगीत क्षेत्रमा राम्रो स्वर, ज्ञान र अनुभव नभएका व्यक्तिहरुले पनि आफूसँग प्रर्याप्त रकम भएको कारण बजारमा निकै छोटो अवधिमा पनि राम्रो चर्चा कमाइरहेको र राम्रा सिर्जनाले ठाँउ नपाएको अनुभव उनि सुनाउँछिन । यस पटकको तिजको लागी “स्वयंबरको रातो साडी लगाउ छप्क्कै” नामको गित र भिडियो तयार भएको छ । उनले सो गितको छायांकन ईटहरी र आसपासमा गरेकी छिन । उनी यो गितबाट आशावादी समेत रहेकी छिन ।
यमुना पराजुली
गित संगितका क्षेत्रमा पुर्वमा अलग्गै पहिचान बनाएकी गागिका यमुना पराजुली पनि यस पटकको तिजमा महिला दिदिबहिनिीहरुलाई छमछमी नचाउने मुडमा छिन । लामो समयदेखि गित संगितमा क्रियाशिल उनी गायक तुलसी पराजुली र दुर्गा पराजुलीकी बहिनी समेत हुन । यसपटकको तिजमा उनले गायक दुर्गा पराजुलीको संगीतमा “कलीयुगकी देबिलाई सजाए झैं भाकी छु” भन्ने गितको रेकर्डिङ सकिएको छ भने भिडियो छायांकनको तयारीमा जुटेको उनले बताएकी छिन ।
चन्दा खडका
पुर्वमा चर्चित रेडियोकर्मीको परिचय बनाएकी चन्दा खडका केही बर्षदेखि तिजको गितमा स्वर भर्ने,नृत्य गर्ने र भिडियोमा अभिनय गर्ने काम गर्दै आएकी छिन । यस बर्षको तिजमा पनि उनले घिन,घिन मादल घन्काउदै बोल को तिज गितको म्युजिक भिडियो समेत छाँयाकन सम्पन्न भईसकेको छ । विगत चार वर्ष देखि निरन्तर तिज लक्षित गितको एलल्म निकाल्दै आएकी सञ्चारकर्मी खड्काको स्वर तथा राजकुमार बगरको शव्द संगित रहेको उक्त गितको म्युजिक भिडियोको छाँयाकंन कार्य इटहरीमा सम्पन्न भएको छ ।
गंगा गौतम
हरेक बर्षको तिजमा तिज गित पस्कदै आएकी गायिका हुन गंगा गौतम, पुर्वमा उनी चर्चित लोकदोहोरी गायिकाको रुपमा परिचित समेत छिन । यस बर्षको तिजमा पनि उनले आफना स्रोता दर्शकका लागी गित पस्किएकी छिन । राज कुमार बगरको शब्द संगीतमा उनको नयाँ गित ’बरी लै’ यतिबेला धमाधम सूटिंग भईरहेको छ । ईटहरीको मनकामना मन्दिर, चिन्तन चौतारी लगायतका ठाँउमा उनको भिडियो छायांकन भईरहेको छ । यसपटकको गितले तीजको भारी बोकेको र नारी भएर भोग्नु पर्ने पीडा र नारीका बेदना प्रस्ट्याउन खोजेको उनले प्रतिक्रिया दिएकी छिन । यी त भए पुर्बमा तिज खान तयार भएका चर्चित गायिकाहरुको कुरा,यी बाहेक अन्य गायकगायिकाहरु प्नि तिज गित प्रति आर्कषित हुँदै गएका छन ।