पुर्वका ८ शहरमा ”सर्जमिन” प्रर्दशन र कार्यशाला

बेलबारी । पछिल्लो समय पुर्बाञ्चलमा नाटक सर्जमिनको बिशेष चर्चा छ । मण्डला थिएटरको सहकार्यमा लेट्स ईन्टरटेन्मेण्टको प्रस्तुति सो नाटक पुर्बका ६ वटा शहरहरुमा प्रर्दशन भईरहेको छ ।

प्रबिण खतिवडाको निर्देशनमा तयार भएको नाटक पुष २५ गतेदेखि माघ ८ गतेसम्म प्रर्दशन हुँदैछ । नाटक प्रर्दशन र कार्यशालाका लागी दयाहाङ राई,बुद्धि तामाङ ,बिजय बराल,सोमनाथ खनाल लगायत १ दर्जन बढी कलाकारहरु अहिले पुर्वमा रहेका छन । मंगलबार ईटहरीबाट नाटक प्रदर्शन शुर भएको छ । नाटक समाजको बास्तविक यथार्थ भएको र यस्लाई नाटक मार्फत दर्शकहरुलाई बुझाउने कोशिष गरिएको नाटकका लेखक प्रविण खतिवडाले बताए ।

गरिबि र अभावको पिडामा मानिस कति सम्म दासी बन्न बाध्य हुन्छ भन्ने कुराको यथार्थ चित्रण यो नाटक भएको उनको तर्क छ । गतबर्ष पहिलो पुर्बाञ्चल नाटययात्रा भएको थियो । त्यसमा पुर्बका दर्शकहरुले देखाएको माया र सदभावका कारण पुर्बमै नाटक प्रर्दशन गर्ने सोच बनाएको कलाकार सोमनाथ खनाल बताउँछन । नाटक सँगै नाटकमा रुचि राख्नेहरुका लागी कार्यशाला समेत सञ्चालन भईरहेको छ । नवकलाकारहरुको मागलाई मध्यनजर गरी कार्यशाला आयोजना गरेको कार्यशालाका प्रशिक्षक समेत रहेका कलाकार दयाहाङ राई बताउँछन ।

नाटक नाटक ईटहरीमा २५ गते,लेटाङमा २६ गते,बेलबारीमा २७,२८ र २९ गते धुलाबारीमा ३० र माघ १ गते चुलाचुलीमा २ गते झोराहाटमा ३ र ४ गते रमाईलोमा ५ गते बिराटनगरमा ६,७ र ८ गते सम्पन्न हुने छ । यो नाटक ९ हजार बढी दर्शकहरुले अबलोकन गर्ने ब्यबस्थापक बिकास बुढाथोकी बताउँछन । बेलबारी बिराटनगर जस्ता ठाँउहरुमा दैनिक २ देखि ३ शो सम्म सञ्चालन गर्ने अबस्था आएका कारण दर्शक बढने उनको अनुमान रहेको छ । नाटक हेर्नका लागी दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

कलिला लालाबालासहित सिंगो परिवार खरानी हुँदा गाँउ नै शोकमग्न !

नेताका छोराछोरीमाथि सुरक्षा थ्रेट, निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई होला त कारबाही ?

के कोईरालात्रय एक भएकै हुन ?

शान्ति सम्झौताको १२ वर्ष, आशा भन्दा निराशा बढी

आफ्नै उपचार खर्च कटाएर लाखौको अक्षयकोष स्थापना गर्ने क्यान्सर पिडित प्राध्यापक

बिद्युत प्राधिकरणमा बिल तिर्न ५ घण्टा लाईन

लेटाङ र केराबारीका स्थानीय भन्छन : बरु सुकुम्बासी बन्छौे तर् लोकमार्ग सार्न दिँदैनौँ

बालिका देखि बृद्धासम्म बलात्कारको शिकार, के हेर्दैछ सरकार ?

तपाईको प्रतिक्रिया